दुर्घटनामा दुइको मृत्यु


 


कपिलवस्तु , मंसिर ४

कपिलवस्तु बुङ्चीमा दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए ।

एम्बुलेन्स चालक कञ्चनपुर बाइस विजुवाका मनोज पोख्रेल र अन्य पाँच जना गम्भीर घाइते भएकाले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिरामी लिएर कञ्चनपुर फर्कदै गरेको मा१च ३९६ नम्बरको एम्बुलेन्स र दाङबाट शैक्षिक भ्रमणका लागि लुम्बिनी आइरहेको ना४ख ७९९६ नम्बरकोको बस ठोकिएका हुन् ।

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्