एमबाप्पेलाई बिक्री गर्दै पिएसजी, आगामी यात्रा कता होला ?


 


काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले केलियन एमबाप्पेलाई बिक्री गर्ने तयारी गरेको छ ।

तेज गतिका फरवार्ड एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पिएसजी प्रवेश गरेका थिए । कीर्तिमानी गोलकर्ता एमबाप्पेले पिएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। पिएसजीसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ ।

२४ वर्षीय एमबाप्पेलाई सन् २०२५ सम्म नवीकरण गर्ने कि नगर्ने भनेर पिएसजीलाई बताउन जुलाई ३१ सम्मको समयसीमा थियो ।

स्पेनिस क्लब रियल मड्रिडले लामो समयदेखि एमबाप्पेलाई भित्राउने इच्छा देखाएको छ । त्यसैले उनको आगामी क्लब यात्रा रियलमा हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्