पाकिस्तानी न्यायालय पनि हिन्दु विरोधी


 


इस्लामावाद, जेठ ३०
कट्टर मुस्लिम देशको रुपमा प्रख्यात रहेका पाकिस्तानको न्यायालय पनि घोर हिन्दु विरोधी रहेको पुष्टि भएका छन् ।

भनिन्छ कहि कतै न्याय नपाएको खण्डमा न्यायालयको सहारा लिइन्छ तर पाकिस्तानमा बसोबास गरिरहेका हिन्दुहरुलाई न्याय दिने कोही छैनन् उनीहरु बधुवा मजदुर सरह बस्नुपर्ने बाध्य रहेका हुन् ।

धर्म परिवर्तन भएकी हिन्दू युवतीलाई परिवारसँग जान अनुमति दिन पाकिस्तानका न्यायाधीशले अस्वीकार गरेको समाचार बाहिरिएको छ ।

पाकिस्तानमा कथित रूपमा अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरिएकी १४ वर्षीया हिन्दु युवतीलाई पाकिस्तानको एक अदालतले आफ्ना आमाबुवासँग जान आग्रहलाई अस्वीकार गरेको छ ।

बालिकालाई उनका शिक्षक र उनका सहयोगीहरूले बन्दुकको नोकमा अपहरण गरी मुस्लिम पुरुषसँग विवाह गराएर कथित रुपमा धर्म परिवर्तन गराएका थिए ।

सोही आरोप लगाउदै उनका अभिभावकले अदालतमा उजुरी दिएको थियो तर पाक अदालतले पनि पिडिताको पक्षमा फैसला नगर्दा पाकिस्तानमा अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको हिन्दुहरुको दुर्दशालाई दर्शाएको छ

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्