चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप


 


काठमाडाैं, जेठ ३०
चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप

चिनियाँ सैन्य संगठनले हालैका दिनहरुमा अमेरिका र यसका सहयोगीसँग तनाव बढाउने गतिविधि गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय नियम उल्लंघन गरिरहेको अमेरिकी सुरक्षा उपसचिव एली र्‍याटनरले बताएका हुन् ।

चिनियाँ सैन्य संगठन पीएलएले उक्त क्षेत्रमा आफ्नो हस्तक्षेप बढाइरहेको उनले आरोप लगाएका हुन् । ‘यो ठूलो समस्या हो,’ गत ८ जुनमा अमेरिकी सुरक्षा थिंक ट्यांकको बैठकमा एलीले भने ।

हालैका दुई घटनापछि एलीको उक्त भनाइ सार्वजनिक भएको हो । ती घटना अमेरिकामा एक अज्ञात विमानको दुर्घटना (जसको सम्बन्ध चीनसँग जोडिएको अनुमान छ) र ताइवानको समुद्री क्षेत्रमा अमेरिकी नौसैनिकको जहाज नजिक चिनियाँ नौसैनिक जहाजको उपस्थिति थिए ।

एलीले यो घटनालाई खतरनाक युद्धाभ्यासको रुपमा अथ्र्याएका छन् । उनले यूएस सेना र पीएलएबीच पछिल्लो समय संवाद हुन नसकेको पनि जनाएका छन् । ‘यो केवल खतरनाक मात्र छैन, पछिल्लो समय पीएलए अमेरिकी सैन्य अधिकारीसँग संवाद गर्न पनि इच्छुक छैन,’ उनले भने ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्