सस्तो प्राइज राख्दा पनि लिगमा बिकेनन् सन्दीप


 


काठमाडौं, जेठ ३२ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।

बुधबार श्रीलंकामा जारी अक्सनमा लामिछानेलाई कुनैपनि टोलीले मूल्य नलगाएका हुन्। उनको तीस हजार अमेरिकी डलर बेस प्राईस राखिएको थियो।

गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए। तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन्।

यस संस्करणको एपीएल ३१ जुलाई अर्थात साउन १५ बाट सुरु हुँदैछ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्