अझै लम्बियो लोकमानविरुद्धको महाअभियोग प्रस्तावको छलफल


 


काठमाडौं, मंसिर ५
अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको छलफल एक हप्ता पछि हुने भएको छ ।

आइतबार बसेको संसद बैठकले महाअभियोग प्रस्तावमाथिको छलफल नै नसकी मंसिर १४ गतेसम्मका लागि बैठक स्थगित गरेकोे छ ।

सभामुख ओनसरी घर्ती आइतबार बेलुकी रुस जाने र शनिबार मात्र फर्कने भएकाले संसद बैठक १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्