मोर्चा अस्वीकार गरेका गौतम ओलीलाई भेट्न च्यासलमा


 


काठमाडौं, असार ३ । समाजबादी मोर्चा आवद्ध हुन अस्वीकार गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतम आइतबार दिउँसो ओली भेट्न एमाले मुख्यालय च्यासल पुगेका हुन् ।

एमालेले ७० वर्षे उमेरहद हटाएपछि ओली र गौतम नजिकिएका छन् । यसअघि गौतमले एमालेले ७० वर्षे उमेरहद हटाएको खण्डमा पुनः एमाले फर्किने बताउँदै आएका थिए ।

२०७४ सालमा बनेको नेकपा फुटेपछि एमालेबाट बाहिरिएका गौतम पुनः एमालेमै फर्किने मनसायमा छन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्