५९ एसपीकाे सरूवा, काे–कहाँ पुगे ? (सूचिसहित)


 


काठमाडाैं, मंसिर ५

प्रहरी प्रधान कार्यालयले ५९ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लामा अवसर नपाएकालाई अवसर दिएर र एक वर्षे कार्यकाल पूरा भएका एसपीलाई सरुवा गरिएको हो ।

सरुवा भएपछि महानगरीय प्रहरी अपराध महाशाखामा विष्णु केसी आइपुगेका छन् । महाशाखाका एसपी सहकुल थापालाई काभ्रे पठाइएको छ । वीरञ्गजमा एसपी गोविन्द साहलाई पठाइएको छ ।

त्यस्तै सिआइबीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका एसपी दिवेश लोहनीलाई सप्तरी पठाइएको छ ।  वसन्त लामालाई मकवानपुर, दीपक थापालाई चितवन, रविन्द्र धानुकलाई रुपन्देही, किरण रानालाई भक्तपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै रौतहटमा यज्ञ विनोद पोख्रेल, सिरहामा शेखर कोइराला र धनुषामा लालमणि आचार्यलाई पठाइएको हो ।

कस्काे सरूवा कहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्