आइसिसी क्रिकेटः जिम्बाब्वेसँग हारेकाे नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै


 


काठमाडौं, असार ५
आज नेपाल र अमेरिका बीचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

घरेलु टोली जिम्बाब्वेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो ।

सो खेल जिम्बाब्वेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रँदैछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्