कुशल भुर्तेलको क्याच बन्यो आईसीसी ‘प्ले अफ द विक’

काठमाडौं, असार १४ । कुशल भुर्तेलको क्याचले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को यस साताको ‘प्ले अफ द विक’ जितेको छ।
भुर्तेलको क्याचलाई आईसीसीले एक भिडियो पोस्ट गर्दै यस साताको प्ले अफ द विकको बिजेता भएको बताएको हो।
यसै साता जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले वेस्ट इन्डिजको सामना गरेको थियो।
करण केसीको बलमा वेस्ट इन्डिजका कायल मेयर्सले प्रहार गरेको सट भुर्तेलले हावामा उडेर समातेका थिए। उक्त खेलमा मेयर्स ४ बलमा खेल्दै १ रन बनाएर आउट भएका थिए।
यद्यपि उक्त खेल नेपाल पराजित हुन पुग्यो। वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९।४ ओभरमा सवै विकेट गुमाएर २३८ रनमा समेटिएको थियो।
प्रकाशित मिति: १४ असार २०८०, बिहिबार
















