पाकिस्तान विश्वकप खेल्न भारत जानेबारे अझै अन्योल


 


काठमाडौं, असार १८ । भारतमा हुने क्रिकेट विश्वकप २०२३ भारतमा पाकिस्तान सहभागी हुनेबारे अझै अन्योल देखिएको छ ।

आईसीसीको तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ । यद्यपि
पाकिस्तान क्रिकेट बोर्डले अहमदाबादमा हुने खेललाई लिएर प्रश्न उठाउँदै आएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान क्रिकेट बोर्ड अर्थात पीसीबीले प्रधानमन्त्री शाहबाज सरिफलाई पत्र लेखेको छ । उक्त पत्रमा पाकिस्तानी टोली विश्वकप क्रिकेटका लागि भारत जान सक्ने वा नसक्ने आधिकारिक अनुमति मागिएको छ ।

यो पत्र पाकिस्तानका विदेशमन्त्रीलाई पनि लेखिएको छ र पाकिस्तानी टोली भारत जान सक्छ कि सक्दैन भनेर सल्लाह मागिएको छ ।

ईएसपीएन क्रिकइन्फोको समाचारका अनुसार यस पत्रमा पाकिस्तानी टोलीले खेल्ने पाँच स्थानका बारेमा पनि राय मागेको छ । पीसीबीले यसबारे ईएसपीएन क्रिकइन्फोलाई जानकारी दिएको छ।

पाकिस्तानले भारतमा सुरक्षा प्रतिनिधिमण्डल पठाउने र पाकिस्तानी टोलीलाई भारत पठाउन मिल्ने वा नपठाउने भन्ने निर्णय गर्न उक्त प्रतिनिधिमण्डलले खेलस्थलको भ्रमण गर्ने बताइएको छ ।

पाकिस्तानले भारतमा खेल्ने पाँच स्टेडियमहरूमा चेन्नई, बेंगलुरु, हैदरावाद, कोलकाता र अहमदाबाद समावेश छन्।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्