एसियन एथलेटिक्स च्याम्पीयनसिपमा भाग लिने खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन


 


काठमाडौं, असार २५ । यही असार २७ गतेदेखि श्रावण १ गतेसम्म थाईल्याण्डमा हुने २५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल एथलेटिक्स एसोसियशनका तर्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एसियन यथलेटिकस् च्याम्पियनसिपको २५औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागिता जनाउनको लागि आयुष कुँवर, शिवराज पार्की, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी सात जना खेलाडीले सहभागिता जनाउँदैछन् ।

यथलेटिक्समा सहभागी खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरिसकेका छन । एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चीनमा हुने प्रतियोगिता भने कोभिड–१९ को कारण रद्द भएको थियो ।

सहभागि खेलाडीमध्ये आयुष कुँवर र शिवराज पार्की जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागी हुनेछन । कुँवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने पार्की हालैको नेशनल च्याम्यीयन हन् ।
एपीएफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबहादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागी हुने छन् । दिपक अधिकारी एसियनक्रस कन्ट्रिका च्याम्पियन हुन् ।

यसअघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा सहभागी हुने खेलाडीलाई प्रायोज गर्दै आएको थियो । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पिअग्रवालले शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थकायम राख्ने ओपिसि सिमेन्ट भएको बताए । अन्तराष्ट्रिय म्याराथनहाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र आफूलाई थप हौसला मिलेको उनले बताए ।

ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् चुनढुङ्गाबाट गुणस्तरीय ओपिसि सिमेन्ट मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आइरहेको छ । आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत भएको थियो ।

व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवकाविभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगतदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस, युआरएस प्रमाणित आइएसओ प्रमाणित शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्