एसीसी इमर्जिङ कप : आज पाकिस्तान ‘ए’सँग खेल्दै नेपाल
काठमाडौं, असार २९
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज पाकिस्तान ‘ए’ सँग खेल्दैछ ।
खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ । प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ ।
आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ ।
प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार
















