रोनाल्डोले मेस्सीलाई उछिने, बनाए कीर्तिमान



एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । उनले लियोनेल मेस्सीलाई उछिन्दै नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।

फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो पटक हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् ।

साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् ।

अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे ।

सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध थिए ।

कुन खेलाडीले कति कमाए ?
क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर
लियोनेल मेस्सी – १३ करोड डलर
किलियान एम्बाप्पे – १२ करोड डलर
लिब्रोन जेम्स – ११.९५ करोड डलर
कानेलो अल्भारेज – ११ करोड डलर
डस्टिन जोनसन – १०.७ करोड डलर
फिल मिकेल्सन – १०.६ करोड डलर
स्टेफन करी – १०.०४ करोड डलर
रोजर फेडरर – ९.५१ करोड डलर
केभिन डुरान्ट – ८.९१ करोड डलर

प्रकाशित मिति: ३० असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्