Deshko News
१४ आश्विन २०८०, आइतबार

भलिबल टिमको कप्तानको जिम्मा मानबहादुर श्रेष्ठलाई



काठमाडौं, साउन २ । राष्ट्रिय भलिबल टिमको कप्तानको जिम्मा मानबहादुर श्रेष्ठले प्राप्त गरेका छन्।

नेपाल भलिबल संघको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिएको हो। उनी नेपाली राष्ट्रिय टिमको कप्तानी समाल्ने ११ औँ खेलाडी हुन्।

त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्दै आएका मानबहादुर राष्ट्रिय टिमका नियमित सदस्य हुन्। २६ वर्षीय मानबहादुरले आर्मीको समेत कप्तानी समालिसकेका छन्।

गत साता प्रधानमन्त्री कप एनभिए भलिबलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा दर्शक कुटिएको घटनामा तत्कालीन कप्तान हरिहजुर थापाले आफ्नो टिमको जिम्मेवारीसमेत राम्रो ननिभाएको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरिएको थियो।

दर्शकमाथि हातपात गरेका खेलाडी धनबहादुर भट्टलाई भने ६ महिना कुनै पनि भलिबल खेलमा सहभागिता जनाउन नपाउने गरी निलम्बन गरिएको छ।

अब नेपालले एसियाडमा मानबहादुरको कप्तानीमा सहभागिता जनाउने छ। मानबहादुरले विशेष परिस्थितिमा जिम्मेवारी सम्हालेको भन्दै टिमलाई सफलताका साथ अघि लैजाने बताए।

नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए।

सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन्।

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News