शेयर बजारमा उछाल, चार अर्ब ३७ करोडको कारोबार


 


काठमाडौं, साउन ७ । साताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उकालो लागेको छ । आज नेप्से ६३.२४ अंकले बढेर दुई हजार दुई सय २७ दशमलब १६ विन्दुमा बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि आजको कारोबारको सुरुवाती समयदेखि नै नेप्से परिसूचक बढेको थियो । शेयर बजारसंग सम्बन्धी खास कुनै नयाँ व्यवस्था नभएपनि कारोबार भने चार अर्ब नाघेको छ ।

नेप्सेमा आज चार अर्ब ३७ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्स लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज लिवर्टी इनर्जी कम्पनी लिमिटेड, स्वरोजगार लघुवित्त विकास बैंक, ग्लोबल आर्यएमई बैंक र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्