नेप्सेमा ३६ अंकको गिरावट, कति भयो कारोबार ?


 


काठमाडौं, साउन ९ । सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १।२२ प्रतिशतले बढेको छ ।

३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आव किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल डिभेन्चरको मूल्य ६।८७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्