शेयर बजारमा ८.११ अंकको गिरावट, कारोबार अढाई अर्ब


 


काठमाडौं, साउन १० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज (बुधबार) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८.११ अंकले घटेर दुई हजार एक सय ५६ दशमलब २० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ४३ करोड २५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६।९६ प्रतिशतले बढेर प्रतिकित्ता १०२५ रुपैयाँ पुगेको छ । यसका साथै आज ग्रिन डेभलपमेन्ट लिमिटेडको शेयर पनि ६।५८ प्रतिशतले बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटडेका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज १५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्