Deshko News
१८ आश्विन २०८०, बिहिबार

शेयर बजारमा २९.७१ अंकको गिरावट



काठमाडौं, साउन ११ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २९७१ अंकले घटेर दुई हजार एक सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ४२ करोड ५७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News