Deshko News
१६ आश्विन २०८०, मंगलबार

भारतमा फोहोर सङ्कलन गर्ने ११ महिलाले जिते १० करोडको ‘लट्री’



काठमाडौं । भारतको केरलामा फोहोर संकलन गर्ने ११ जना महिलाले १० करोडको चिठ्ठा (लट्री) जितेकी छन् ।

केरला नगर निगममा कार्यरत ११ महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।

चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आउने भएपनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।

महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।

यसअघि पनि धेरै पटक टिकट किनेका उनीहरुलाई यसपटक भने ठूलो रकमको चिठ्ठा परेको हो ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News