Deshko News
१८ आश्विन २०८०, बिहिबार

नेप्से २६.१४ अंकले गिरावट, कति भयो कारोबार ?



काठमाडौं, साउन १४ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ ।

इन्ट्रा–डे कारोबारमा ४७.१७ अंकको गिरावट हुँदा नेप्से २०९१.५० को विन्दुसम्म झरेपछि अन्तिम समयमा केहीसुधार सहित २१०० भन्दा माथिको विन्दुमा बन्द भएको छ । आइतबार नेप्सेमा म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक २.३२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २।०८ प्रतिशत र व्यापार उपसूचक २०७ प्रतिशतले गिरावट भएको छ । यता म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा गिरावट सुरु भएसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार र सोमबार ४ अर्ब नाघेको कारोबार रकम मंगलबारबाट ३ अर्ब भन्दा तल भरेको थियो । आइतबार पनि नेप्सेमा ४६ हजार ३२७ वटा कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ५० करोड २९ लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १४ करोड ७९ लाखको कारोबार हुँदा सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २१ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१७ सुचिकृत कम्पनीका सेयर कारोबार भएको छ । जसमध्ये १८९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १८ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका कम्पनीमा पिपुल्स पावर कम्पनीको सेयरमुल्य सर्वाधिक ३।५८ प्रतिशतले वृद्धि हुँदा सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ३.६ प्रतिशतले बढेको छ ।

यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News