नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार घट्यो


 


काठमाडौं, साउन १५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन आज सोमबार सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.८४ अङ्कले बढेर दुई हजार एक सय ६ दशमलव १८ विन्दुमा पुगेर बस्न भएको हो ।

नेप्से परिसूचक बढे पनि आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । सोमबार एक अर्ब ८५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसको शेयर मूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ८ करोड ८८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ८८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्