एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर फर्कियो नेपाली टोली


 


काठमाडौं, साउन १८ । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंकाका ४ टिमसँग अभ्यास खेल खेल्यो । स्वदेश फर्किएपछि कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रीलंका भ्रमणबाट धेरै कुरा सिकेको बताए ।

नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलंका लगेको थिएन । जसले गर्दा नेपाली टिममा युुवा खेलाडीको बाहुल्यता थियो । नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए ।

कप्तान रोहित हाल नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यावहारिक नभएको बताए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्