विश्वकप क्रिकेट : भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने


 


एजेन्सी । आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ ।

यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो ।

तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री र उक्त खेल दुबैमा गरि भिड धेरै हुँदा सुरक्षा दिन कठिन पर्ने भएकाले खेल तालिका परिवर्तन गर्न भारतीय क्रिकेट बोर्डसँग माग गरेको थियो ।

भारतले उक्त दिनलाई सर्दै १४ अक्टोबरमा गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पनि १४ अक्टोबरमा खेल खेल्न सहमती जनाएको छ ।

नवरात्रीको कारण विश्वभरबाट आउने दर्शकको भिडको कारण झनै अस्तब्यस्त हुन सक्ने डर रहेको थियो । योसँगै अब विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ ।

खेल तालिका परिवर्तन आइसिसीले चाँडै नै सार्वजनिक गर्नेछ । १४ अक्टोबरमा विश्वकपमा अन्य दुई खेल पनि छन् । सोहि दिन चेन्नईमा बंगलादेश र न्युजिल्यान्डबीच खेल हुनेछ । उक्त खेल ११ अक्टोबरमा सारिने भएको छ । दिल्लीमा अफगानिस्तान र इंग्ल्यान्डबीच खेल हुनेछ ।

उता पाकिस्तानले १४ अक्टोबरमा भारतसँग खेल्ने भएपछि श्रीलंकासँगको तालिका पनि परिवर्तन हुने भएको छ । श्रीलंका र पाकिस्तानबीचको खेल १२ अक्टोबरमा हैदराबादमा हुने तालिका थियो । तर उक्त खेल अव १० अक्टोबरमा हुनेछ ।

नवरात्री र विश्वकपको कारण संख्या धेरै हुने भएपछि सुरक्षा दिन कठिन पर्ने भएको हो । गुजरातमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादको क्षमता १ लाख ३२ हजार छ ।

टिकट विक्री खुल्ला भएको केहि मिनेटमै सकिने पक्कापक्की छ । विश्वकपमा भारत र पाकिस्तानको खेल सबैभन्दा बढी प्रतीक्षा गरेको खेल हुनेछ । सुरक्षा दिन सबैभन्दा कठिन हुने यस खेल पर्नेछ ।

यी दुई देशले आन्तरिक राजनीतिकको कारण सिरिजहरु खेल्दैनन् । पछिल्लो समय दुबै टोलीले विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानको विश्वस्तरिय तीव्र गतिको बलिङ सामु भारतको ब्याटिङ हेर्न लायक हुनेछ । पाकिस्तान विश्वकप खेल्न भारत जानेछ ।

तर भारत भने पाकिस्तान एसिया कप खेल्न जानेछैन । त्यसैको कारण एसिया कप पाकिस्तान र श्रीलंका दुबै देशमा हुनेछ ।
विश्वकप अघि एसिया कपमा भारत र पाकिस्तानबीच तीन पटक प्रतिस्पर्धा हुनेछ सम्भावना छ ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह चरणमा सेप्टेम्बर २ मा भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको कान्डीमा हुनेछ ।

सुपर फोरमा समूह ए बाट भारत र पाकिस्तान जाने पक्का छ । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । सुपर फोरमा शीर्ष दुईमा रहँदै फाइनल पुग्न सक्ने प्रमुख दाबेदार टोलीमा भारत र पाकिस्तान नै रहेका छन् ।

विश्वकप ५ अक्टोबर देखि १९ नोभेम्बरसम्म भारतमा हुनेछ । विश्वकपमा भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन् । विश्वकपमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लिगमा शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्