नेप्सेमा सामान्य वृद्धि, कति भयो कारोबार ?


 


काठमाडौं, साउन १८ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ ।

परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो । ०.१४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ ।

यसक्रममा आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।

यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ । परिसूचक सामान्य अंकले बढेको दिन आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

यस्तै, एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य भने ५.१९ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका १३ समूहमध्ये ५ समूहको सूचक भने घटेको छ । विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत र निर्जीवन बीमा समूहको सूचक घटेका छन् । निर्जीवन बीमा समूहको सूचक ४८ अंकले घट्दा होटल र टुरिजम समूहको सूचक ३३ अंकले घटेको छ ।

यसबाहेक, आज जीवन बीमा समूहको सूचक ६३ अंकले बढेको छ भने व्यापार समूह ५१ अंकले बढेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्