एनएमबि बैंकले कमायो साढे तीन अर्ब नाफा, वितरणयोग्य नाफा कति ?


 


काठमाडौं, साउन २१
एनएमबि बैंकले झण्डै साढे ३ अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ३ अर्ब ४२१ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने ३.६३ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको चौंथो त्रैमासमा बैंकले ३ अर्ब २९ करोड १० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३०.६० प्रतिशतले वृद्धि भई ८ अर्ब ३४ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल आम्दानी भने २१.०१ प्रतिशतले बढेर १० अर्ब ३३ करोड ३ लाख ३७ हजार र संचालन नाफा ८.११ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड ४१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५० करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.१७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १० अर्ब २४ करोड ७३ लाख ७१ हजार रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १३.७९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ३० करोड ४६ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ८.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ३२ करोड ३० लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।
बैंकको खराब कर्जा भने अघिल्लो आवको तुलनामा १.२७ प्रतिशतले वृद्धि भई २.७२ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशत सेयर आम्दानी पनि सामान्य बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ भने प्रतिसेयर सेयर नेटवर्थ पनि ९ रुपैयाँ ४९ पैसाले बढेर १५५ रुपैयाँ ७९ पैसा पुगेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्