लिभरपुल र हल सिटी सेमिफाइनलमा


 


livarpoolकाठमाडौं, मंसिर १५

इंग्लिस लिग कप अर्थात् ईएफएल कप फुटबलअन्तर्गत् मंगलबार राति भएका खेलहरुमा विजयी हुँदै लिभरपुल र हल सिटी सेमिफाइनलमा पुगेका छन् ।

क्वार्टरफाइनल खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई २–० ले हरायो । लिभरपुलको जितमा डिभोक ओरिगी र बेन उडबर्नले एक–एक गोल गरे ।

यो खेलमा गोल गर्न सफल उडबर्न लिभरपुलका लागि गोल गर्ने अहिलेसम्मकै कान्छा खेलाडी बनेका छन् । १७ वर्ष ४५ दिनको उमेरमा मंगलबार गोल गरेका उडबर्नले माइकल ओवेनको पुरानो रेकर्ड तोडेका हुन् ।

लिग कप फुटबलअन्तर्गत् मंगलबार भएको अर्को खेलमा हल सिटीले न्युकासल युनाइटेडलाई ‘टाइब्रेकर’मा हराएको छ ।

निर्धारित् ९० मिनेटसम्म गोल गर्न नसकेका हल सिटी र न्युकासलले थपिएको आधाघन्टाको समयमा भने एक–एक गोल गरेका थिए । यसपछि टाइब्रेकरमा हल सिटी ३–१ ले विजयी भयो ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्