पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर, मानिसहरुलाई अन्यत्र सारिदै


 


एजेन्सी । पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

बीबीसीका अनुसार दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ ।

गएको शनिवारदेखि शुरु भएको डढेलोबाट ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा गएको सोमबार यस वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्