राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी विदेश पलायन


 


काठमाडौं, साउन २५ । नेपाली फुटबल खेलाडीले देश छोड्नेक्रम बढ्दै गएको छ । यसैक्रममा थप ३ व्यवसायिक फुटबल खेलाडी अष्ट्रेलिया गएका छन् ।

राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी बिहीबार अष्टे«ेलिया गएका हुन् । राष्ट्रिय टोली तथा मच्छिन्द्र क्लबका मिडफिल्डर पुजन उपरकोटी र संकटा क्लबका डिफेन्डर निशान खड्का तथा राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका वि‌गर रवि श‌कर पासवान अष्ट्रेलिया गएका हुन् ।

यसअघि सोमबार सातदोबाटो युवा क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी अष्ट्रेलियाका गएका थिए । पछिल्लो एक वर्षमा झण्डै ५० नेपाली व्यसायिक खेलाडी विदेश पलायन भएका छन् । पुजनका अनुसार उनी र निशान अष्ट्रेलियामा रहेको नेपालीहरुको क्लब नेपाल युनाइटेड र रविन एफसी फेवाबाट फुटबल खेल्नेछन् ।

पुजनले राष्ट्रिय टोलीबाट २२ खेल खेलेका छन् । सन् २०२० मा बंगलादेशविरुद्ध खेल्दै पुजनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०२१ मा बंगलादेशविरुद्ध खेल्दै निशानले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीबाट २ खेल खेलेका छन् ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्