एनआईसी एशिया बैंकद्वारा तीनकर्जा योजना सार्वजनिक


 


काठमाडौं, साउन २६ । एनआई सी एशिया बैंक लिमिटेडले अठोट घर कर्जा, अठोट साना व्यवसायकर्जा र अठोट शेयर धितोकर्जा गरी तीनकर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मकोअठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नुहुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजीआवासीय अपार्टमेन्ट खरिद गर्न, निजीआवासीय घर निर्माण गर्न, निजीआवासीय घर मर्मत तथा तला थप्न र निजीआवासीय घर निर्माण गर्न जग्गाखरिद गर्न यो कर्जा सुविधाउपयोग गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्ति गत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापःगर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसायकर्जामा न्यूनतमरू. २५ लाखदेखि अधिकतमरू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानी कर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नुहुनेछ ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमासमेत आकर्षक तथान्यूनतमब्याजदर लाग्नेछ भने यस कर्जामा१ वर्षको भुक्तानीअवधि (वार्षिक रुपमानवीकरण गर्न सकिने)रहेको छ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफलभएको छ । वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्