क्यानका कार्यवाहक सचिवमाथि अज्ञात समूहले मोबिल छ्याप्यो


 


काठमाडौं, साउन २७ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेको छ ।

मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि आज (शनिबार) बिहान अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्।

मोबिल छ्याप्ने व्यक्तिहरूको खोजी गर्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्