म्याच फिक्सिङको आरोपमा ३४ खेलाडी पक्राउ


 


hatya pakrau

काठमाण्डौ , मंसिर १७

स्पेन र पोर्चुगलबाट प्रहरीले म्याच फिक्सिङको आरोपमा ३४ जना टेनिस खेलाडीलाई पक्राउ गरेको छ । जसमा स्पेनबाट ६ जना पक्राउ गरेका छन् भने पोर्चुगलबाट २८ जना पक्राउ परेका छन् ।

स्पेनको गृह मन्त्रालयले उनीहरुको परिचय भने खुलाएको छैन । उनीहरु बारे थप जानकारीहरु संकलन गर्ने काम भइरहेको बताइएको छ ।

उनीहरुले कम्तीमा पनि १७ वटा खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको छ । उनीहरुले म्याच फिक्सिङबाट कम्तीमा पनि चार लाख २० हजार चार सय २० पाउण्ड स्टर्लिङ डलर कमाएको आरोप लागेको छ ।

पक्राउ परेका खेलाडीहरुले कम्तीमा पनि ५० पाउण्ड स्टर्लिङदेखि ५०० स्टर्लिङसम्म लिने गरेको आरोप लागेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्