राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। बैठक सोमबार बिहान ८ बजे, राष्ट्रपति भवन शीतलनिवासमा बस्न लागेको हो।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सोमबार बिहान साढे ८ बजे शीतल निवास बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्