ला लिगामा बार्सिलोना र रियलले १-१ गोलको बराबरी


 


काठमाडाैं, मंसिर १८

सर्जियो रामोसले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको छ।

स्पानिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियलले १-१ गोलको बराबरी खेलेको हो।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा लुइस सुवारेजले ५३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। सुवारेजले नेमारको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन्।

तर अन्तिम मिनेटमा रोमोसले हेडमार्फत गोल गरेपछि खेल बराबरीमा सकिएको हो।

बराबरीपछि लिग लिडर रियलले बार्सिलोनामाथि ६ अंकको अग्रता कायम राखेको छ। १४ खेलबाट रियलको ३४ अंक भएको छ। बार्सिलोनाला समान खेलबाट २८ अंकका साथ दोस्रो स्थानमा छ।

बार्सिलोनाका कप्तान आन्द्रेज इनेस्टाले पनि रियल विरुद्धको खेलमार्फत ६ साता पछि मैदानमा पुनरागमन जनाएका छन्। इनेस्टा दोस्रो हाफमा इभान राकिटिकको स्थानमा मैदान छिरेका थिए।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्