Deshko News
१८ आश्विन २०८०, बिहिबार

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, भदौ १३
माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने चुक्ता पुँजीको ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड छ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News