करणले लिए पाकिस्तानका ओपनर फखारको विकेट


 


काठमाडौं, भदौ १३ । नेपालका तीव्र गतिका बलर करण केसीले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका छन् ।

करण केसीको छैटौं ओभरको तेस्रो बलमा एज लागेर जमान विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ५।३ ओभरमा १ विकेट गुमाउँदै २१ रन बनाएको छ । इमाम उल हक ५ र बाबर आजम क्रिजमा आएका छन् ।

आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । सोमपालको आउट साइड अफको बलमा प्वाइन्ट गल्लीमा आरिफले क्याच छाड्न पुगेका थिए ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्