सन्दीपले लिए सलमानको विकेट


 


काठमाडौं, भदौ १३ । पाकिस्तानमा जारी एसिया कपमा नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका सलमान अघाको विकेट लिएका छन् ।

सन्दीपको २८ औं ओभरको पाँचौं बलमा रिभरस्वीप सट खेल्ने धुनमा कुशल भुर्तेलबाट ५ रनमा क्याच आउट हुन पुगे ।

मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ ।
बाबर आजम ७१ बलमा ४ चौकासहित ४९ रनमा क्रिजमा छन् ।

उनलाई इफ्तिखार अहमदले साथ दिनेछन् । रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगेका थिए ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्