उत्तर कोरियाले प्रहार गर्‍यो पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र


 


एजेन्सी, भदाैं १४
उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् ।

उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन्। सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ।

प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्