नेपाल भारतको क्रिकेट हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान


 


काठमाडौं, भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल क्रिकेट टोलीलाई समर्थन गर्न श्रीलंका गएका छन् ।

सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए । एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ ।

श्रीलंकाको पाल्लेकेलमा खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो ।

नेपालकै समूहका भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्