क्रिकेट खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै


 


काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्