एमालेले गर्यो कडा निर्णय


 


kp oliकाठमाडौं, मंसिर २१

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकोले विधेयक फिर्ता नगरे नेकपा एमालेले सातवटै प्रदेशमा सशक्त आन्दोलन गर्ने भएको छ ।

एमाले स्थायी समितिको बैठकले पाँच नम्बर प्रदेश टुक्र्याउने सत्तापक्षको निर्णयको विरोधमा पश्चिमका जिल्लाहरु, खासगरी लुम्बिनीमा चर्किएको आन्दोलनको समीक्षा गर्दै लुम्बिनीमा जारी आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको हो ।

स्थायी समिति बैठकले, संविधान संशोधनमार्फ्त बाह्य शक्तिले चलखेल गरेको र मुलुकलाई तराई–पहाडको नाममा टुक्र्याउन खोजेको षडयन्त्रप्रति गम्भीर बन्न नेपाली जनता र राष्ट्रबादी शक्तिहरुलाई आह्वान पनि गरेको छ ।

एमालेले राष्ट्रविरोधी सत्तापक्षको कदमको जनस्तर, संसद र न्यायिक क्षेत्रमार्फ्त भण्डाफोर गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आन्दोलनलाई शान्तिपूर्ण बनाउन र संयमता कायम राख्न आहवान गरेको छ । अहिले जारी आन्दोलनलाई घुषपैठीहरुले हिंसात्मक बनाउन खोजिरहेकोतर्फ सचेत रहन पनि एमालेले आन्दोलनकारी र आम कार्यकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्