सांग्रिला बैंक र सेल्सबेरीबीच सम्झौता, सामान खरिद गर्दा छुटै छुट


 


काठमाडौं, असोज ९
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौता भएकाे छ ।

बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले मंगलबार सम्झौता पत्रमा दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गरिएको छ ।

ग्रोसरीमा २ प्रतिशत, मदिरामा २ प्रतिशत, फ्रोजन फुडमा ३ देखि ५ प्रतिशत, डेरी एण्ड फ्रेस प्रोडक्टमा २, पर्शनल केयरमा ३, हाउसहोल्ड आइटमा ५ देखि १२ प्रतिशत र कपडामा २० देखि २५ प्रतिशत सम्म छुट पाउने सम्झौता भएकाे छ ।

यसबाट बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्