सानिमा बैंककाे दशैं धमाका योजना : दराजबाट सामान किन्दा २०%सम्म छुट


 


काठमाडौं। सानिमा बैंकले चाडपर्वलाई लक्षित गर्दै दसैं धमाका योजना ल्याएको छ । बैंकका ग्राहकले अनलाइन सपिङ दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने योजना ल्याएको हो।

यो बुधबारदेखि कार्यान्वयनमा आउनेछ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्म छुट पाउने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम २ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि पाउने बैंकले जनाएको छ । योजना असोज ३० गतेसम्म कार्यान्वयन हुने बैंकले जनाएको छ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्