पूर्व कप्तान खड्का फिल्म खेल्दै, ‘अञ्जिला’मा गर्दैछन् डेब्यू


 


काठमाडौं, असोज २० । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का फिल्ममा अभिनय गर्ने भएका छन् ।

महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अन्जिला’मार्फत खड्का फिल्ममा डेब्यू गर्न लागेका हुन् ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ र खड्काबीच शुक्रबार फिल्मका लागि सम्झौता भएको छ। उनले फिल्ममा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

खड्काले यसअघि कप्तानमा पनि पर्दा पछाडि रहेर सहयोग गरेका थिए । खड्का महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पनि हुन् ।

देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई फुटबलरमध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् ।

अन्जिला निर्माणको घोषणा २०७८ चैत ८ गते भएको थियो । फिल्ममा अञ्जिलाको भूमिका एन्जिलाले नै निर्वाह गर्नेछिन् ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन् । एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने जानकारी दिइएको छ ।

श्रेष्ठ र केन्द्र लिम्बु निर्माता रहेको फिल्ममा सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्