बेलायतमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु



लण्डन, मंसिर २६

बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो ।

आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका पुटपाथमा हिँडिरहेकी थिइन् । दुर्घटनामा परेकी उनको तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केहीबेरमै मृत घोषणा गरेको छ ।

संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्वगोरखा सैनिक धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (स‌म्योजन) समितिका संयोजक गणेश रानामगरले जानकारी दिए ।

वी नेपाली का अनुसार दुर्घटना भएका बखत गुरुङ काम सकेर घर फर्कदै थिइन् । समयमै घर नआएपछि परिवारले मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News