करेन्ट लागेर युवकको मृत्यु


 


गौशाला, जेठ ३२

महोत्तरी जिल्लाको गैँढाभेटपुर गाविसमा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाभेटपुर गाविस– ४ बस्ने मुस्लिम अन्सारीका छोरा २८ वर्षीय मोहम्मद वाहिद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक गर्मी भइरहेका बेला युवक अन्सारी आफ्नै सुत्ने कोठामा विद्युतीय पङ्खा जडान गर्न खोज्दा पङ्खाको तारमा विद्युत् प्रवाह भई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्