शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?


 


काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्