यी हुन् भोलि बिदाकाे दिन पनि खुल्ला रहने माछापुच्छ्रे बैंकका शाखा काउन्टर


 


काठमाडाैं । माछापुच्छ्रे बैंकले भोलि अर्थात असाेज २८ गते घटस्थापनाका दिन पनि बैंकका शाखा काउन्टरहरु खुल्ला राख्ने भएकाे छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बिदाकाे दिन पनि ग्राहकहरुकाे सुविधालाई ध्यान दिदैं काउन्टर खुल्ला गरिएकाे जनाएकाे छ ।

देशभर सातवटै प्रदेशमा फैलिएकाे माछापुच्छ्रे बैंकले २३ वटा शाखा काउन्टरहरु खुल्ला रहने जनाएकाे छ । बैंकका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा सातवटा शाखा काउन्टरहरु खुल्ला रहने छन् ।

काेशीमा इटहरी, विराटनगर, दमक र विर्तामोड शाखा खुल्ला रहनेछन् । मधेश प्रदेशमा मिर्चैया, आदर्शनगर र लाहान शाखा खुल्ला हुनेछन् ।

बागमती प्रदेशका पुतलीसडक, न्यूरोड, कोटेश्वर, बनेपा, सूर्यविनायक, नारायणघाट र हेटाैडा शाखा खुल्ला रहनेछन् । गण्डकी प्रदेशमा नयाँ बजार पोखरा, लेखनाथ, बेनी र दमाैली शाखा खुल्ला हुनेछन् ।

त्यस्तै लुम्बिनी प्रदेशका भैरहवा र नेपालगञ्ज कर्णाली प्रदेशकाे विरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरका शाखा खुल्ला रहने भएका हुन् । बैंकका शाखा काउन्टर बिहान १० बजेदेखि दिउँसाे १ः३० बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्