मारुती सिमेन्टले पनि प्रिमियममा आईपीओ निष्कासन गर्ने


 


काठमाडौं । मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारण सभाका लागि कार्तिक २१ गते विराटनगरमा बोलाइएकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिँदैछ । कम्पनीले तीन लाख कित्ता अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न प्रस्ताव साधारण सभामा लैजाँदैछ।

बोनस र परिणत भएको सेयरपछि कायम हुने चुक्ता पुँजीको हकप्रद जारी गर्दैछ । जस लगत्तै प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो ।

राठी र गोयल ग्रुपको संयुक्त लगानी रहेकाे सिमेन्टकाे अध्यक्ष नन्द किशोर राठी हुन् । कम्पनीकाे उच्च व्यवस्थापनमा सुनिल खेम्का, दिनबन्धु गाेयल, अनुज राठी र शरद गोयल रहेका छन् ।

कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ। कम्पनी विस्तारपछि पीपीसी उत्पादन गर्ने योजना बनाएको छ।

कम्पनीले सिमेन्ट नेपालभर नै बिक्री गर्छ र मुख्य बजार नारायणघाटदेखि नेपालको पूर्वी भागमा केन्द्रित छ । काँकडभिट्टादेखि नारायणघाट गरेर झन्डै २०० डिलरको नेटवर्क रहेको कम्पनीले जनाएकाे छ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्