दोहोरो अंकले घट्यो नेप्से


 


काठमाडौँ, कार्तिक १४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १४।२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको धितोपत्र कारोबार भएकोमा मंगलबार ५७ करोड १४ लाख रुपैयाँमा खुम्चियो ।

मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बजारका सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३।४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्